Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको पछिल्लो वर्गीकरणमा कुन कुन कम्पनी बढुवा तथा घटुवा भए ? हेर्नुहोस् विवरण

अर्थ संसार

शुक्रबार, ०४ फागुन २०८०, १६ : ०२ मा प्रकाशित

नेप्सेको पछिल्लो वर्गीकरणमा कुन कुन कम्पनी बढुवा तथा घटुवा भए ? हेर्नुहोस् विवरण

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुको पछिल्लोपटक बिहीबार वर्गीकरण गरिएको छ । यस अघि २०७८ को चैतमा पनि नेप्सेले सूचीकृत कम्पनीहरुलाई वर्गीकरण गरेको थियो ।

अघिल्लोपटकको वर्गीकरणमा ३६ कम्पनी रहँदा यसपटक उक्त संख्या घटेर ३१ मा झरेको छ । नयाँ वर्गीकरण अनुसार वर्ग 'ए' मा ३१ कम्पनी परेका छन् जसमध्ये सबैभन्दा धेरै ८ वाणिज्य बैंक परेका छन् । यसैगरी वर्ग 'ए' मा ७ विकास बैंक, ६ लघुवित्त, तीन हाइड्रोपावर कम्पनी, दुई-दुई लगानी र उत्पादन समूहका कम्पनी तथा एक-एक अन्य समूह, निर्जीवन बिमा र फाइनान्स कम्पनी परेका छन् । यसअघिको वर्गीकरणमा भने २५ बैंक, ४ विकास बैंक, ३ हाइड्रोपावर, दुई फाइनान्स, एक लघुवित्त र एक उत्पादन कम्पनी वर्ग 'ए' परेका थिए । 

बैंक मध्ये सिटिजन, एभरेस्ट, ग्लोबल आएमई, नबिल, नेपाल एसबीआई, सानिमा, सिद्धार्थ र स्टाण्डर्ड चार्टर्ड बैंक मात्रै वर्ग 'ए' मा यथावत् रहनसके । हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनआईसी एसिया, एनएमबि, प्राइम र नेपाल बैंक वर्ग 'बि' मा झर्दा कृषि विकास बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंक भने वर्ग 'जेड' मै गिर्न पुगे ।

विकास बैंकतर्फ भने सुधार भएको छ । अघिल्लो सूचीकरणमा कामना सेवा, मुक्तिनाथ, सांग्रीला र साइन रेसुङ्गा गरि चार विकास बैंक वर्ग 'ए' मा रहेकोमा यसपटक कामना सेवा बाहेक बाकिँ तीन विकास बैंकका साथै गरिमा, महालक्ष्मी, मितेरी र लुम्बिनी विकास बैंक गरि सात विकास बैंक वर्ग 'ए' मा रहन सफल रहे । कामना सेवा र ज्योति विकास बैंक वर्ग 'बि' तथा कर्पोरेट, एक्सेल, कर्णाली, ग्रीन, नारायणी, सप्तकोशी र सिन्धु विकास बैंक भने वर्ग 'जेड' मै झर्न पुगे ।

फाइनान्स कम्पनीतर्फ आइसिएफसी फाइनान्स वर्ग 'ए' मै रहन सफल हुँदा मञ्जुश्री फाइनान्स भने वर्ग 'बि' मा खस्किएको छ । हाइड्रोपावरतर्फ बुटवल पावर वर्ग 'ए' मै यथावत् रहँदा चिलिमे हाइड्रो र सानिमा माई हाइड्रो पनि वर्ग 'ए' मा थपिए । पहिले वर्ग 'ए' मा रहेका अपि र अरुण भ्याली वर्ग 'बि' मा खस्किए । उत्पादन समूहतर्फ शिवम् सिमेन्ट वर्ग 'ए' मा यथावत् रहँदा एचडिएल पनि वर्ग 'जेड' बाट वर्ग 'ए' मा उक्लन सफल रह्यो । अन्य समूहको नेपाल टेलिकम पनि वर्ग 'जेड' बाट वर्ग 'ए' मा उक्लन सफल रह्यो ।

लघुवित्ततर्फ आरएमडिसी लघुवित्त मात्र वर्ग 'ए' मा रहेकामा यसपटक उक्त लघुवित्तसँग मर्जरमा गएको साना किसान, छिमेक, फर्स्ट, जीवन विकास, स्वावलम्बन र एनआईसी एसिया लघुवित्त वर्ग 'ए' मा रहन सफल रहे । लगानी समूहको नेपाल इन्फ्रास्ट्रक्चर बैंक वर्ग 'जि' बाट तथा एचआइडिसिएल वर्ग 'बि' बाट वर्ग 'ए' उक्लन सफल भए । यस अघि सूचीकृत भएको दुई वर्ष नपुगेका कम्पनीहरुलाई वर्ग 'जि' मा राखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको