Like us!
Follow us!
Connect us!
Watch us!

कहिले देखि खुल्दै छ अरुण भ्याली हाइड्रोपावरको हकप्रद?

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, ०८ : ४९ मा प्रकाशित

कहिले देखि खुल्दै छ अरुण भ्याली हाइड्रोपावरको हकप्रद?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला  फागुन १७ गतेदेखि खुल्दै छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो। 

कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

हकप्रद मार्फत कम्पनीले काबेली बी १ क्यासकेट जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न र पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने तयारी रहेको छ। 

कसले दिन सक्छन आवेदन ?

कम्पनीले यस अघि नै हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज तय गरिसकेको छ। जस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र यस हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। 

कहिले सम्म दिन सकिन्छ आवेदन ?
कम्पनीको हकप्रद सेयरमाफागुन १७ गतेदेखि चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ।

रेटिङ्ग
रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक 
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

कसरी दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गको सफ्टवेयर 'मेरो सेयर। अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

साथै ,लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको