Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, फाइनान्स र हाइड्रोमा उच्च प्यानिक

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १५ : १३ मा प्रकाशित

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, फाइनान्स र हाइड्रोमा उच्च प्यानिक

आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आउँदा कारोबार पनि घटेको छ । आज सबै उपसूचक राताम्मे हुँदा फाइनान्स र हाइड्रोमा उच्च प्यानिक देखिएको छ ।

गत बिहीबार १४.४६ अङ्कले घटेको सेयरबजार आज भने २७.२१ अङ्कले घटेर २०३४.८२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार एक सय ९६ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा साम्लिङ पावर, दोर्दी र पाँचथर पावर हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ६ प्रतिशत कै हाराहारीमा घट्यो ।

आज कुनै पनि उपसूचक बढ्न सकेन । आज फाइनान्स समूहको उपसूचक सर्वाधिक २.७ प्रतिशतले घट्दा हाइड्रोपावर समूहको उपसूचक २.१५ प्रतिशत र ननलाइफ इन्स्योरेन्स उपसूचक १.९१ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको