Like us!
Follow us!
Connect us!
Watch us!

टेलिभिजन प्रसारणमा अ ला कार्ट शुल्क प्रणाली लागु

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १८ : २२ मा प्रकाशित

टेलिभिजन प्रसारणमा अ ला कार्ट शुल्क प्रणाली लागु

नेपालमा टेलिभिजन प्रसारणमा अ ला कार्ट शुल्क प्रणाली लागु भएको छ । पिक एन्ड पे पनि भनिने यस मोडल लागू भएसँगै अब सेवाग्राहीले आफूले हेर्न चाहेको च्यानल वा बुकेको शुल्क तिरे पुग्ने भएको छ ।

सूचना तथा प्रसारण विभागले फागुन २ गतेबाट अ ला कार्ट शुल्क प्रणाली कार्यान्वयन गर्ने निर्णयानुसार हाल विभिन्न टेलिभिजन वितरण गर्ने सेवा प्रदायक संस्थाहरु (एमएसओ, डीटीएच, आईपीटीभी, डीटीटिबी, एलसीओ लगायत) मार्फत सेवा लिँदा सोही प्रणाली अनुसार शुल्क भुक्तान गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ । अ ला कार्ट लागू भएसँगै अब सेवाग्राहीले अधिकतम चार सय ७० रुपैयाँ भन्दा बढी तिर्नुपर्नेछैन ।

सेवाग्राहीहरुले सेवा प्रदायकलाई सम्पर्क गरी आफूले हेर्ने टेलिभिजन च्यानलहरुको शुल्क बुझाउँदा नयाँ शुल्क प्रणालीमा आबद्ध भई मात्र शुल्क बुझाउन तथा नयाँ ग्राहक बन्दा समेत सेवा प्रदायकले उपलब्ध गराएको अ ला कार्ट शुल्क प्रणालीभित्र रही टेलिभिजन च्यानलहरु र बुकेहरु लिन सकिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको