Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका सिईओ भन्छन अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्

अर्थ संसार

सोमबार, ०७ फागुन २०८०, ०८ : ५७ मा प्रकाशित

नबिल बैंकका सिईओ भन्छन अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्।

सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। सिईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ।

अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए। अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ।

साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाई छ।

कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्।

प्रमुख अतिथि डा निलम ढुङ्गानाले कार्यक्रम उद्घाटन गरिन्। कार्यक्रमको सहआयोजक नेपालकै नीजि क्षेत्रको पहिलो बैंक नविल रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको