Like us!
Follow us!
Connect us!
Watch us!

१.७६ अङ्कले घट्यो सेयरबजार, तीन अर्ब बढीको कारोबार

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १५ : १२ मा प्रकाशित

१.७६ अङ्कले घट्यो सेयरबजार, तीन अर्ब बढीको कारोबार

मङ्गलबार सेयरबजारमा १.७६ अङ्कको सामान्य गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन दोहोरो अङ्कले घटेको सेयरबजार आज केही थामिएको देखिएको छ ।

गत आइतबार २७.२१ अङ्कले घटेको सेयरबजार आज थप १.७६ अङ्कले घटेर २०३३.०६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार एक सय ९६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार नौ सय ७८ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा ग्रीनलाइफ हाइड्रो र किसान लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य समूहको उपसूचक सर्वाधिक १.१० प्रतिशतले बढ्दा फाइनान्स ०.७२ प्रतिशत र उत्पादन समूहको उपसूचक ०.७१ प्रतिशतले बढे । आज माइक्रोफाइनान्स समूहको उपसूचक सर्वाधिक ०.७४ प्रतिशतले घट्दा बैंकिङ समूहको उपसूचक ०.४४ प्रतिशत र लाइफ इन्स्योरेन्स उपसूचक ०.४१ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको