Like us!
Follow us!
Connect us!
Watch us!

‘महाजात्रा’को टिजर सार्वजनिक

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, २० : ५२ मा प्रकाशित

‘महाजात्रा’को टिजर सार्वजनिक

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार ओएसआर डिजिटल मार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो।

प्रदीप भट्टराई निर्देशित यस फिल्ममा उनकै लेखन रहेको छ ।

फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ। षट्कोण आर्टस ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। फिल्म चैत ९ गतेदेखि प्रदर्शन हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको