Like us!
Follow us!
Connect us!
Watch us!

लगातार चौथो दिन घट्यो सेयरबजार, कारोबार सवा २ अर्बमा खुम्चियो

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १५ : १६ मा प्रकाशित

लगातार चौथो दिन घट्यो सेयरबजार, कारोबार सवा २ अर्बमा खुम्चियो

बुधबार सेयरबजारमा ६.४६ अङ्कको सामान्य गिरावट आउँदा कारोबार रकम भने उल्लेख्य रुपमा घटेको छ । समग्र बजार घटेपनि खेलाडीहरु लागेका स्क्रीप्टमा भने हरियाली कायम नै रहेको छ ।

मङ्गलबार १.७६ अङ्कले घटेको सेयरबजार आज थप ६.४६ अङ्कले घटेर २०२६.५९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार नौ सय ७८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु र तराई, हिमालयन उर्जा र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा पिपल्स हाइड्रो, हिमालयन हाइड्रो, त्रिशुली जलविद्युत कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनी रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन समूहको उपसूचक मात्रै २.८४ प्रतिशतले बढ्यो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक ०.८८ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक ०.८७ प्रतिशत र होटल तथा पर्यटन समूहको उपसूचक ०.७३ प्रतिशतले घटे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको