Like us!
Follow us!
Connect us!
Watch us!

'ग्यापु' का संस्थापकद्वारा कांग्रेस नेता गणेश लामाबाट अपहरित भएको भन्दै प्रहरीमा जाहेरी

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १७ : ११ मा प्रकाशित

'ग्यापु' का संस्थापकद्वारा कांग्रेस नेता गणेश लामाबाट अपहरित भएको भन्दै प्रहरीमा जाहेरी

युवा उद्यमी तथा 'ग्यापु' अनलाइन मार्केटका संस्थापक ज्ञानेन्द्र खड्काले आफू कांग्रेस नेता गणेश लामाबाट अपहरित भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

खड्काले सामाजिक सञ्जालमार्फत घटनाको बेलिविस्तार दिँदै आफू अपहरणमा परेको जानकारी दिएको हुन् । कांग्रेस नेता लामा र सहदेव कक्षपति लगायतले पुस २३ गते ललितपुरको धोलाहिटीस्थित आदर्श टोलमा आफू सवार गाडीलाई छेकेर अपहरण गरि सानेपास्थित लन्डन हाउस होटलमा बन्धक बनाएको खड्काले बताएका छन् । ८ घण्टाभन्दा बढी समयसम्म बन्धक बनाई फिरौती समेत माग गरेको उनले उल्लेख गरेका छन् ।

आफूसँग क्रीप्टो र बिटकोइन रहेको आशंकामा उक्त समूहले अपहरण गरेको र आफ्नो मोबाइल र ल्यापटपमा समेत कब्जा गरेको खड्काले बताए । फिरौतीस्वरुप आफूले २५ लाख रुपैयाँ कांग्रेस नेता लामाको समूहलाई बुझाएको पनि उनले लेखेका छन् । जाहेरी दिएको १० दिनसम्म पनि ठोस कारवाही नभएको हुँदा सामाजिक सञ्जालमार्फत सहयोगका निमित्त अपिल गरेको पनि खड्काले उल्लेख गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको