Like us!
Follow us!
Connect us!
Watch us!

मिस वर्ल्डको उत्कृष्ट २५ मा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी छनोट, आज हेड टु हेडमा प्रतिस्पर्धा गर्दै

अर्थ संसार

शुक्रबार, ११ फागुन २०८०, १० : ४४ मा प्रकाशित

मिस वर्ल्डको उत्कृष्ट २५ मा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी छनोट, आज हेड टु हेडमा प्रतिस्पर्धा गर्दै

मिस वर्ल्डको उत्कृष्ट २५ मा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी छनोट भएकी छन् ।

ब्युटी विथ पर्पस विधाको प्रोजेक्ट बारे प्रस्तुत गरेको स्पिच र सन् २०२३ को राष्ट्रसंघीय दिगो विकासको एक लक्ष्यबारे बनाएको भिडियोका आधारमा कूल ११४ प्रतिस्पर्धीबाट अन्तिम २५ जनामा जोशी छनोट भएकी हुन् । अब जोशीले ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछिन् जुन आज बिहान १०:१५ बजेदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपम समिट रुममा आयोजना भइरहेको छ ।

भारतमा भइरहेको मिस वर्ल्डको यस संस्करणको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको