Like us!
Follow us!
Connect us!
Watch us!

अवैध ढङ्गले अमेरिका छिरेका आठ नेपाली फर्काइए

अर्थ संसार

शुक्रबार, ११ फागुन २०८०, १३ : ४१ मा प्रकाशित

अवैध ढङ्गले अमेरिका छिरेका आठ नेपाली फर्काइए

चोर बाटो हुँदै अमेरिका छिरेका आठ नेपालीलाई त्यहाँको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले फर्काइदिएको छ ।

अवैध ढङ्गले अमेरिका पुगेका उनीहरुलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको हो । उनीहरु बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको जनाइएको छ । तस्करहरुलाई मोटो रकम बुझाएर नेपालीहरु चोर बाटो हुँदै अमेरिका जाने गरेका छन् ।

यसरी जाँदा फेला परे डिपोर्ट हुने उच्च सम्भावना हुनुका साथै ज्यानको समेत जोखिम हुने भएपनि मानव तस्करको लहलहै चोर बाटो हुँदै अमेरिका जाने जाने क्रम रोकिएको छैन । डिपोर्ट भएकाहरुले के कति रकम बुझाएर त्यसतर्फ गए भन्ने बारे भने खुलिसकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको