Like us!
Follow us!
Connect us!
Watch us!

लगातार छैटौं दिन घट्यो सेयरबजार, तीन अर्ब भन्दा बढीकै कारोबार

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १५ : ११ मा प्रकाशित

लगातार छैटौं दिन घट्यो सेयरबजार, तीन अर्ब भन्दा बढीकै कारोबार

आइतबार सेयरबजारमा २६.८१ अङ्कको गिरावट आउँदा कारोबार रकम भने तीन अर्ब भन्दा बढी नै रहेको छ । यससँगै नेप्से लगातार छैटौं कारोबार दिन पनि ओरालो लागेको हो ।

गत बिहीबार २०.७६ अङ्कले घटेको सेयरबजार आज थप २६.८१ अङ्कले घटेर १९७९.०२ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बिएनएल, चिरख्वा हाइड्रो र धौलागिरी लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मोलुङ हाइड्रो, समाज लघुवित्त, साम्लिङ पावर र बलेफी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक १.४ प्रतिशतले बढ्दा उत्पादन समूहको उपसूचक ०.८ प्रतिशतले बढ्यो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक २.४२ प्रतिशतले घट्दा लगानी समूहको उपसूचक १.८६ प्रतिशत र बैंकिङ समूहको उपसूचक १.६३ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको