Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले निकाल्यो मार्जिन कारोबार योग्य ११२ कम्पनीको सूची

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १८ : २८ मा प्रकाशित

नेप्सेले निकाल्यो मार्जिन कारोबार योग्य ११२ कम्पनीको सूची

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मार्जिन कारोबार गर्न योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको छ ।

सूचीमा बैंक तथा वित्त संस्थातर्फ १९ वाणिज्य बैंक, ८ विकास बैंक, ४० लघुवित्त कम्पनी र ५ फाइनान्स कम्पनी परेका छन् । यसै गरि इन्स्योरेन्सतर्फ ७ लाइफ इन्स्योरेन्स कम्पनी र ९ ननलाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । लगानी समूहका नागरिक लगानी कोष, एचआईडिसिएल, निफ्रा र एनआरएन इन्फ्रास्ट्रकचर लिमिटेड  तथा उत्पादन समूहका एचडिएल र शिवम् सिमेन्ट पनि सूचीमा रहेका छन् ।

यसैगरी १६ हाइड्रो कम्पनी, नेपाल रिइन्स्योरेन्स र नेपाल टेलिकमको सेयर पनि मार्जिन कारोबार योग्य सूचीमा परेका छन् । उल्लेखित कम्पनीका सेयरहरु मात्र मार्जिन लेन्डिङ प्रयोजनका लागि धितोस्वरुप राख्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको