Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा बिक्री चापको कारण सर्वोत्तम सिमेन्टको आइपीओ पनि !

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, ०८ : ४३ मा प्रकाशित

सेयर बजारमा बिक्री चापको कारण सर्वोत्तम सिमेन्टको आइपीओ पनि !

सर्वोत्तम सिमेन्ट लिमिटेडले आइतबार देखि बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई आइपीओ निष्कासन तथा बिक्री खुलाएको छ।

यस बुक बिल्डिङ प्रक्रियामार्फत निकालिएको आइपीओमा सर्वसाधारणले एक कित्ताका लागि ३६०.९० रुपैयाँ हाल्नुपर्ने तय गरिएको छ। लगानीकर्ताले न्युनतम ५० कित्ताको लागि आवेदन दिनै पर्ने हुन्छ। जसको लागि इच्छुक लगानीकर्ताले १८ हजार ४५ रुपैयाँ जोहो गर्नु पर्ने अवस्था छ। लगानीकर्ताले अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। 

फागुन १३ गतेदेखि सर्वसाधारणलाई निष्काशन खुला गरेको सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा धेरै आवेदन परिसकेको छ।कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि आवेदन माग गरेकोमा पहिलो ७ घन्टामै एक लाख ५६ हजार दुई सय ७ जनाले ८६ लाख ६० हजार ६ सय ४० कित्ता सेयरका लागि आवेदन माग गरेका छन् ।

पछिल्लो समय आइपीओमा सर्वसाधारणहरुको निकै आकर्षण रहने गरेको छ। त्यसमाथि सोनापुर, घोराही र शिवममा  परेका आइपीओले राम्रो मुनाफा दिएपछि सर्वोत्तम सिमेन्ट सिमेन्टमा अझ धेरै आकर्षण देखिएको हो। 

अरु बेला न्यूनतम १० कित्ता अर्थात केबल हजार रुपैंया जोहो गर्नु पर्ने लगानीकर्तालाई यसपाली भने कम्तिमा पनि १८ हजार ४५ रुपैयाँ खोज्न पर्ने देखिन्छ। जसका कारण पनि लगानीकर्ताहरुले आफ्नो भएका सेयर घट्दो बजारमा फालेर भएपनि आइपीओलाई पैसा जम्मा गरेको देखिन्छ। 

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता पनि ब्रोकर हाउसमा केहि दिन अगाडी बेचेका सेयरको पैसा लिन पुगेका थिए। उनको घरमा ७ जना सदस्य रहेको र ठुलो पैसा यस सर्वात्तममा आवश्यक रहेकोले पहिले परेका आईपीओ बेचेको बताए। 

केहि दिन देखि निरन्तर बजारमा सेलिङ्ग प्रेसर रहेको बजारमा यस खुला भएको सर्वोत्तम सिमेन्टको आइपीओले पनि अझ बजारमा सप्लाई थपेको देखिन्छ। 

यस कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आइपिओ निष्कासनको अनुमति पाएको थियो । यसमध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई, दुई लाख ६७ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको थियो । त्यसपछि बाकिँ २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणमा जारी गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको