Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम समयमा सेयरबजारमा तीव्र बाउन्सब्याक, दोहोरो अङ्कले बढ्यो नेप्से

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, १५ : १८ मा प्रकाशित

अन्तिम समयमा सेयरबजारमा तीव्र बाउन्सब्याक, दोहोरो अङ्कले बढ्यो नेप्से

लगातार छ कारोबार दिनको गिरावट पछि सोमबार सेयरबजारमा तीव्र बाउन्सब्याक आएको छ । दिनभरी नै घटेको बजारमा अन्तिम समयमा बाउन्सब्याक आउँदा दोहोरो अङ्कको वृद्धि भएको हो ।

आइतबार २६.८१ अङ्कले घटेको सेयरबजार आज भने १३.२८ अङ्कले बढेर १९९२.३० विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बिएनएल, नेपाल वेयरहाउजिङ, सोनापुर सिमेन्ट र मनकामना स्मार्ट लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा समाज लघुवित्त र बिपिडब्लु लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन समूहको उपसूचक सर्वाधिक २.५१ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहको उपसूचक १.४५ र हाइड्रोपावर उपसूचक १.३६ प्रतिशतले बढ्यो । आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ०.२५ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहको उपसूचक ०.२१ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ०.०६ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको