Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको 'तानासाही' प्रवृत्ति: गल्ती गर्ने ब्रोकर,सजाय भने लगानीकर्तालाई !

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, २० : ५५ मा प्रकाशित

नेप्सेको 'तानासाही' प्रवृत्ति: गल्ती गर्ने ब्रोकर,सजाय भने लगानीकर्तालाई !

तोकिएको समयावधि भित्र राफसाफ तथा फर्छ्यौट् कार्य नगरेपछि ब्रोकर नम्बर २० सिप्ला सेक्युरिटिज निलम्बनमा परेको छ । नेप्सेले आगामी तीन कार्य दिनसम्म ब्रोकरलाई निलम्बन गर्ने भएको हो ।

सोमबार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पत्र मार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट् कार्य नगरेको भनी निलम्बनका लागि सिफारिश गरेपछि नेप्सेले कारवाही गरेको थियो । कारवाहीको खास स्वरुप उल्लेख नगरिएपनि तीन कार्य दिनका लागि निलम्बन भन्नुको आशय उक्त ब्रोकरको कारोबार बन्द गर्नु नै भएको आम लगानीकर्ताको बुझाई छ ।

तर यसरी टिएमएसलाई नै निलम्बन गर्दा ब्रोकरलाई भन्दा आम लगानीकर्तालाई ठूलो अन्याय हुने देखिन्छ । ब्रोकरले गरेको ढिलासुस्तीको सजाय आम लगानीकर्ताको कारोबार रोकेर पक्कै पनि हुन सक्दैन । तीन कार्य दिन निकै लामो समय हुने हुँदा त्यस अवधिमा हुने बजारको अवस्थाले लगानीकर्ताको लगानीमा ठूलै उथलपुथल ल्याउन सक्ने हुँदा यसबारे सिडिएससी, नेप्से, धितोपत्र बोर्डले पनि गम्भीर भएर सोच्नुपर्ने जरुरी छ ।

ब्रोकर परिवर्तनको प्रक्रिया पनि निकै झन्झटिलो बनाई ब्रोकरको सजाय लगानीकर्ता थोपर्नु पक्कै पनि न्यायसङ्गत देखिदैन ।नेप्सेले एकोहोरो केबल लगानीकर्तालाई मार पर्ने गरि तानासाही निर्णय गरेको छ। 

उसो त नेप्सेमा सूचीकृत कम्पनीको पनि विभिन्न कारण  देखाउँदै बेला बेलामा कारोबार रोक्का हुँदै आएको छ । यसमा पनि गल्ती गर्ने कम्पनीलाई, अझ सम्बन्धित व्यक्ती तथा सञ्चालक समितिलाई नै जरिवाना तिराउनुपर्नेमा उक्त कम्पनीकै कारोबार निलम्बन गर्ने व्यवस्था गरिदै आएको छ । यसबाट पनि आम लगानीकर्तालाई नै मर्कामा पार्ने काम हुँदै आएको छ । तसर्थ, कारबाहीको असली भागीदारलाई पहिचान गरि उसैलाई असर हुनेगरी गरिएको कारवाही मात्रै प्रभावकारी हुने कुरालाई मनन गर्दै आगामी दिनमा सम्बन्धित निकायले कारवाहीको प्रक्रिया अघि बढाउने पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको