Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा प्रवाहमा अनियमिता गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, ११ : ५४ मा प्रकाशित

कर्जा प्रवाहमा अनियमिता गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ

बैंक घोटाला प्रकरणमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत रहँदा कर्जा प्रवाहमा अनियमिता गरेको भन्दै न्यौपानेसहित ११ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

राष्ट्र बैंकको अनुरोधमा उक्त अनुसन्धान थालिएको जनाइएको छ । सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकसँग मर्जमा गएर हाल प्रभु बैंक कै नामबाट एकीकृत कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको