Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखे

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, १२ : ५९ मा प्रकाशित

ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखे

जिल्ला दुग्ध सहकारी संघको आयोजनामा ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखेका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघले भुक्तानी लगायतका मागमा एक्यवद्धता जनाउँदै ललितपुरमा पनि धर्ना तथा विरोध कार्यक्रम आयोजना गरिएको जनाइएको छ । उत्पादन गरेको दूध बिक्री नभएको तथा बिक्री भएको दुधको पनि भुक्तानी नपाएको भन्दै किसान आन्दोलित भएका हुन् ।

यसअघि फागुन ६ गते चितवनमा दुध उत्पादक संघको नेतृत्वमा दुध पोखिएको थियो भने काठमाडौंमा एक दर्जन बढी किसानको संगठनले सरकारसमक्ष १६ बुँदे माग पेश गर्दै पत्रकार सम्मेलन नै आयोजना गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको