Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अङ्कले बढ्यो सेयरबजार, कारोबारमा भने गिरावट आउँदै

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, १५ : १७ मा प्रकाशित

सामान्य अङ्कले बढ्यो सेयरबजार, कारोबारमा भने गिरावट आउँदै

मङ्गलबार सेयरबजारमा समान्य वृद्धि भएको छ । हिजो झै दिनभरी राताम्मे नै रहेको बजार अन्तिम समयमा बाउन्सब्याक भएको थियो ।

सोमबार १३.२८ अङ्कले घटेको सेयरबजार आज थप ९.३४ अङ्कले बढेर २००१.६४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बिएनएल, बिपिडब्लु लघुवित्त र सामलिङ पावर कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा चिरख्वा हाइड्रो, कालिन्चोक दर्शन, मोलुङ र खानीखोला हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन समूहको उपसूचक सर्वाधिक ३.५२ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक १.१० र ननलाइफ इन्स्योरेन्स उपसूचक ०.७४ प्रतिशतले बढ्यो । आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ०.२८ प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहको उपसूचक ०.१३ प्रतिशत र लगानी उपसूचक ०.०८ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको