Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा झिनो गिरावट, कारोबारमा वृद्धि

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, १५ : ५९ मा प्रकाशित

सेयरबजारमा झिनो गिरावट, कारोबारमा वृद्धि

बुधबार सेयरबजारमा झिनो गिरावट भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको सेयरबजार आज भने सामान्य अङ्कले घटेको हो ।

मङ्गलबार ९.३४ अङ्कले घटेको सेयरबजार आज ०.८७ अङ्कले बढेर २०००.७७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बिएनएल, बिएनटी, बिबिसी, बिपिडब्लु लघुवित्त र चिरख्वा हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सामलिङ हाइड्रो, गुराँस लघुवित्त र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ५.५१ प्रतिशतले बढ्दा उत्पादन समूहको उपसूचक ४.९६ र लगानी उपसूचक १.०५ प्रतिशतले बढ्यो । आज विकास बैंक समूहको उपसूचक सर्वाधिक १.११ प्रतिशतले घट्दा फाइनान्स समूहको उपसूचक ०.९६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको