Like us!
Follow us!
Connect us!
Watch us!

'बिओ टु बिओ' प्रणाली ठूलाको प्रभावमा ल्याउन खोजेको लगानीकर्ताको आरोप

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, ०९ : १९ मा प्रकाशित

'बिओ टु बिओ' प्रणाली ठूलाको प्रभावमा ल्याउन खोजेको लगानीकर्ताको आरोप

लगानीकर्ताहरुले सिडिएस एन्ड क्लियरिङ लिमिटेडले बजारका ठूला लगानीकर्ताको प्रभावमा  ‘बिओ टु बिओ' सेयर ट्रान्सफर प्रणाली ल्याउन लागेको आरोप लगाएका छन्। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले अर्थसंसारलाई भने,' यो बिओ टु बिओ अनलाइनबाट सजिलै हुने सिस्टम कहाँ हामीलाई हो र ठुला लगानीकर्ताको लागि हो। हामी जस्ता साना लगानीकर्तालाई झुकाउन अर्को खेल मात्र हो। '

उनी सँग बसेका एक अर्को लगानीकर्ताले थपे ,' हो हो यो ठुला कै खेल हो , पहिले यसरी नै कारोबार समयमा फ्लोर सिट बन्द गरे अब यो पनि बन्द गर्दै छ। '

हाल धेरै लगानीकर्ताहरु फ्लोरसिटलाई आधार मानेर ट्रेडिङ्ग गर्ने गरेका छन्। कुन ब्रोकरले कुन सेयर किन्दै छ , ठुला खेलाडी कुन सेयरमा लागेका छन् , कुन ब्रोकर संग कुन सेयरको कति होल्डिङ्ग छ आदि जस्ता विश्लेषण गरेर लगानीकर्ता बजारमा ट्रेड गर्ने गरेका थिए। 

यसरी बजारमा फ्लोरसिट विश्लेषण गर्न लगानीकर्तालाई भने मार पर्ने नै भएको छ। यो प्रकिया लागु भए संगै अब लगानीकर्ताले सजिलै एक ब्रोकर मार्फत सेयर किन्दै अर्को हित ग्राही खातामा सेयर पठाउदै सेयर किन बेच गर्न सक्नेछन। जसका कारण फ्लोरसिट विश्लेषण अब प्रभावकारी नहुने देखिन्छ। 

केहि लगानीकर्ताले भने सिडिएस एन्ड क्लियरिङ लिमिटेडको तारिफ गर्दै भने ,'एक हितग्राहीको खाताबाट अर्को हितग्राहीमा सजिलै सेयर ट्रान्सफर गर्दा अब हामीलाई सजिलो हुने भो। अहिले त धेरै झन्झट छ। '

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको