Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा बासी खाना बेच्ने क्यान्टिनलाई ५० हजार जरिवाना

अर्थ संसार

शुक्रबार, १८ फागुन २०८०, ०९ : ०७ मा प्रकाशित

काठमाडौंमा बासी खाना बेच्ने क्यान्टिनलाई ५० हजार जरिवाना

काठमाडौं महानगरले बासी खाना बेच्ने क्यान्टिनलाई ५० हजार जरिवाना तिराएको छ ।

काठमाडौं महानगरको वडा नं.२२ मा रहेको नारायणी क्यान्टीनले बासी खाना बेच बिखन गरेको भन्दै महानागरको बजार अनुगमन समितिले पचास हजार जरिवाना तिराएको हो । क्यान्टिनले बासी पकौडा, बासी खाना बिक्री गर्नुका साथै एउटै तेल ३-४ पटकभन्दा बढी प्रयोग गरेको महानगरले जनाएको छ ।

सात दिनभित्र जरिवाना रकम दाखिला नगरे थप कारवाही गर्ने पनि महानगरले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको