Like us!
Follow us!
Connect us!
Watch us!

२०२४ को दुई महिनामै पौने दुई लाख बढी पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिए

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १४ : ४७ मा प्रकाशित

२०२४ को दुई महिनामै पौने दुई लाख बढी पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिए

सन् २०२४ मा नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष जनवरी र फेब्रुअरी दुई महिनामा गरि कुल १ लाख २८ हजार तीन सय भन्दा बढी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को त्यसै अवधिमा यो संख्या बढेर एक लाख ७६ हजार पाँच सय नाघेको छ । पर्यटक आवागमनमा यो ३७.५७ प्रतिशतको वृद्धि हो । यो हवाईमार्ग हुँदै आएका पर्यटकको मात्र गणना हुँदा स्थलमार्गबाट आएका पर्यटकको पनि तथ्यांक जोड्दा वास्तविक पर्यटक आवागमन थप हुने जनाइएको छ ।

पर्यटन बोर्डले तयार पारेको तथ्यांक अनुसार फेब्रुअरी महिनामा मात्र ९७ हजार चार सय २६ पर्यटक हवाईमार्ग हुँदै नेपाल आइपुगेका छन् । यसरी आउने पर्यटकमा छिमेकी मुलुक भारत र चीनका पर्यटकको संख्या नै उच्च रहेको छ । फेब्रुअरीमा भारतबाट २५ हजार ५७८ पर्यटक नेपाल आउँदा चीनबाट पनि ९ हजार एक सय ८० पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकाबाट पनि ९ हजार ८९ पर्यटक नेपाल आइपुगेका छन् ।

नेपाल भित्रिने पर्यटकहरुको अन्य प्रमुख स्रोत देशमा थाइल्यान्ड, बेलायत, बङ्गलादेश र श्रीलंका पनि परेका छन् । नेपाल आउने पर्यटकको शीर्ष १० स्रोत देशमा अस्ट्रेलिया, म्यान्मार र जर्मनीबाट पनि परेका छन् । थाइल्यान्ड र म्यान्मारबाट विशेषगरि बौद्ध धर्म मान्ने पर्यटकहरु नेपाल आएको अनुमान गरिएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बौद्ध धर्मबारे थप प्रचार गर्न सके ती देशबाट अझ उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको