Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको नेतृत्व नहुँदा सार्वजनिक निष्कासन ठप्प, पाइपलाइनमै ३५ कम्पनीको आइपिओ

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १५ : २८ मा प्रकाशित

धितोपत्र बोर्डको नेतृत्व नहुँदा सार्वजनिक निष्कासन ठप्प, पाइपलाइनमै ३५ कम्पनीको आइपिओ

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई हुँदा सार्वजनिक निष्कासन ठप्पप्राय हुन पुगेका छन् ।

हाल सेबोनको आइपिओ निष्कासनको पाइपलाइनमै ३५ कम्पनी पुगिसकेका छन् । यी कम्पनीहरुले २७ अर्ब ८० करोड रुपैयाँ भन्दा बढीको सार्वजनिक निष्कासन गर्न अनुमति कुरिरहेका छन् । यसरी आइपिओ निष्कासनको प्रक्रियामा रहेका कम्पनीमध्ये १७ कम्पनी हाइड्रोपावर समूहका रहेका छन् । यसैगरी नौ कम्पनी अन्य समूहको रहेका छन् भने पाँच उत्पादन तथा प्रसोधन समूह, दुई होटल तथा पर्यटन र एक-एक लगानी र लघुवित्त समूहका कम्पनी रहेका छन् ।

यसैगरी एफपिओको पाइपलाइनमा पनि पाँच लघुवित्त कम्पनी रहेका छन् । ती कम्पनीले कुल २९ करोड रुपैयाँ भन्दा बढीको एफपिओ निष्कासन गर्न लागेका छन् । हकप्रदको पाइपलाइनमा नौ कम्पनी रहेकामा हाल विद्युत नियमन आयोगले थप कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिइसकेको हुँदा त्यस्ता कम्पनीको संख्या एक दर्जन भन्दा बढी पुगिसकेका छन् ।

पुस २० गते निवर्तमान अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि सेबोनको अध्यक्ष पद रिक्त रहेको छ । धितोपत्र बोर्डले अध्यक्षका लागि योग्य उम्मेदवारको आवेदन भने मागिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको