Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री महतको बहिर्गमन हुने खुसीयालीमा आजको नेप्सेको सर्किट ब्रेक : लगानीकर्ता

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १४ : ४७ मा प्रकाशित

अर्थमन्त्री महतको बहिर्गमन हुने खुसीयालीमा आजको नेप्सेको सर्किट ब्रेक : लगानीकर्ता

नेप्सेमा आईतवार २१ अंकले घटेको थियो । तर सोमबार अर्थमन्त्री फेरिने सत्ता समीकरण बनेसँगै नेप्सेमा एक सय १७ अंक अर्थात् ६ प्रतिशत बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ ।

लगानीकर्ताले यसलाई अर्थमन्त्री महतको अलोकप्रियतासँगै जोडेर व्याख्या गरेका छन् । सत्ता समीकरण फेरबदल भएपनि प्रधानमन्त्री भने प्रचण्ड नै बन्ने पक्का छ ।

फरक, कांग्रेसको ठाउँमा एमाले सत्ता साझेदारमा जोडिँदै छ । मुख्य कुरा उद्योगी, व्यवसायी, सेयर लगानीकर्ता सबैप्रति कठोर बनेका अर्थमन्त्री प्रकाशशरण महतको बहिर्गमन हुने निश्चितताले सेयर बजार मार्फत लगानीकर्ताले सुरुवाती खुसीयाली मनाएको उनीहरूले बताएका छन् ।

लगानीकर्ता अशोक उप्रेती भन्छन्, 'अर्थतन्त्र नबुझेका अर्थमन्त्री हुँदा सबैमा निरासा थियो, आजको सर्किट ब्रेक त्यसबाट मुक्ति पाएको संकेत स्वरुप आएको हो ।'

प्रधानमन्त्री अर्थमन्त्रीबाट महतलाई हटाउन चाहान्थे । तर कांग्रेस सभापति देउवा त्यसलाई मान्न तयार भएनन् । फलस्वरूप सत्ता साझेदार नै फेर्न प्रचण्ड बाध्य भएको प्रधानमन्त्री निकट स्रोत बताउँछ । कांग्रेस पार्टी भित्र समेत महत आलोचित थिए । तरपनि देउवा विश्वास पात्र उनी कांग्रेसमा शक्तिशाली भएर रही नै रहे ।

चौतर्फी आलोचित अर्थमन्त्री महतको पद जाने निश्चित भएकाले आज नेप्सेमा सर्किट ब्रेक लागेको बताउँछन् बजारका अर्का जानकार राजु श्रेष्ठ । उनी भन्छन्, 'यिनै महतका अक्षमता र अदुरदर्शिताका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको हो ।'  नत्र आज के नै भएको हो र सर्किट ब्रेक लाग्नु पर्ने ? उनले प्रश्न गरे । झन् पूँजीबजार मैत्री पार्टी कांग्रेस हो,कांग्रेसको अर्थमन्त्री बाहिरिँदै गर्दा लगानीकर्ता निरास हुनुपर्ने तर आज अक्षम अर्थमन्त्री महतबाट छुटकारा पाएको उपलक्षमा नेप्सेमा सर्किट ब्रेक लागेको श्रेष्ठले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको