Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्सले म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन समाप्त हुँदै

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, २० : २७ मा प्रकाशित

सोनापुर मिनरल्सले म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन समाप्त हुँदै

सोनापुर मिनरल्स् एन्ड आयल्स लिमिटेडले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै म्युचुअल फन्डलाई छुट्ट्याएको चार लाख २ हजार १९ कित्ता सेयरको लकइन समय चैत २३ गते सकिने जनाएको हो । कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो । मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो ।

कम्पनीले हाल जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजारको ४० प्रतिशतले हुन आउने एक करोड २३ लाख दुई सय कित्ता आइपिओ जारी गरेको थियो । त्यसमध्ये पाँच प्रतिशतले हुन आउने ६ लाख ८ हजार २८४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्ट्याइएकोमा नयाँ व्यवस्था आउनु अघि नै केही सेयर फन्डहरुले बेचिसकेको हुँदा बाकिँ सेयरको मात्रै लकइन खुल्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको