Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको उकालो यात्रा कायमै, कारोबार भने घट्दै

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १५ : १९ मा प्रकाशित

नेप्सेको उकालो यात्रा कायमै, कारोबार भने घट्दै

सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि आएको छ । अघिल्लो बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि लगातार दुई दिन बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो ।

बिहीबार १३.५१ अङ्कले बढेको सेयरबजार आज पनि २२.१० अङ्कले बढेर २०५२.६५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा विन लघुवित्त, जाल्पा लघुवित्त, महुली लघुवित्त र सपोर्ट लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा चिरख्वा हाइड्रो, पिपल्स हाइड्रो र जोशी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लघुवित्त समूहको उपसूचक सर्वाधिक ४.२१ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक १.८७ र वित्त समूहको उपसूचक १.४० प्रतिशतले बढ्यो । आज हाइड्रोपावर उपसूचक मात्रै ०.१२ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको