Like us!
Follow us!
Connect us!
Watch us!

आयात निर्यात घट्दो ट्रेन्डमै, वस्तु व्यापार घाटामा पनि कमी

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १९ : १० मा प्रकाशित

आयात निर्यात घट्दो ट्रेन्डमै, वस्तु व्यापार घाटामा पनि कमी

यस आर्थिक वर्षको पहिलो ७ महिनामा आयात निर्यातमा गिरावट आएको छ । अघिल्लो वर्ष यसै समयसम्मको तथ्यांक हेर्दा आयात २.३ प्रतिशतले तथा निर्यात ७.१ प्रतिशतले घटेको हो ।

यस आवको पहिलो ७ महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको थियो । अघिल्लो वर्ष यसै अवधिसम्म आयातमा १९.९ प्रतिशतले कमी आएको थियो । यसैगरी निर्याततर्फ यस आवको पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्ष यसै अवधिसम्म निर्यात २९ प्रतिशतले घटेको थियो ।

यसैगरी यस आर्थिक वर्षको पहिलो सात महिनामा वस्तु व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटामा १.८ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष यसै अवधिसम्म व्यापार घाटामा १८.७ प्रतिशतले कमी आएको थियो । यस्तै यस वर्षको पहिलो ७ महिनामा प्रति एक रुपैयाँको निर्यात हुँदा ९ रुपैयाँ ७ पैसा बराबरको आयात भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात आयात अनुपात १०.२ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको