Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार सुधार गर्न ताते अर्थमन्त्री बर्षमान, तीन नियमनकारी निकायसँग मागे कार्ययोजना

अर्थ संसार

सोमबार, २८ फागुन २०८०, ०९ : २६ मा प्रकाशित

पूँजी बजार सुधार गर्न ताते अर्थमन्त्री बर्षमान, तीन नियमनकारी निकायसँग मागे कार्ययोजना

अर्थमन्त्री बर्षमान पुन अनन्तले पूँजी बजार सुधार गर्ने सक्रियता देखाएका छन् । उनले पूँजी बजारलाई देशको आर्थिक बिकासको आधार मान्दै तत्काल सुधार गर्न मातहतका तीन निकायसँग सात दिन भित्र सुधार कार्ययोजना मागेका हुन् ।

 अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन तथा समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचचेन्ज र सीडीएस एण्ड क्लियरिड। लिमिटेडलाई सात दिन भित्र कार्ययोजना पेश मन्त्री पुनबाट निर्देशन भएको भन्दै पत्र पठाएको छ ।  

पत्रमा उपरोक्त सम्बन्धमा देशको अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भुमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एबं त्यस क्षेत्रको बिकास र बिस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारपवालाहरुको राय समेत लिई सात दिन भित्र कार्ययोजना पेश गर्नुहुन माननीय अर्थमन्त्रीज्युको निर्देशानुसरा अनुरोध छ । भनिएको छ ।

फागुन २७ गतेको मितिमा ती निकायहरुको नाममा काटिएको छ ।   निकायहरुले पूँजी बजारका सरोवालाहरुको राय समेत लिएर सात दिन भित्रमा कार्ययोजना पेश गर्नुपर्ने भएकाले उनीहरुमाथि तीब्र रुपमा काम गर्नुपर्ने दबाब परेको छ । कार्ययोजना प्राप्त भएपछि अर्थमन्त्रीबाट त्यसको कार्यान्वयनका लागि तत्कालै निर्देशन हुने बुझिएको छ । 

पुन अर्थमन्त्रीमा नियुक्त हुनासाथै पुँजी बजारका समस्याहरु समाधान गरेर ६० लगानीकर्ताहरुको मनोबल उकास्ने प्रतिबद्धता ब्यक्त भएको थियो । 

65ee7e0cd6dc2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको