Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा व्यापक हरियाली, लगानीकर्ताको कन्फिडेन्स उच्च

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १५ : १० मा प्रकाशित

सेयरबजारमा व्यापक हरियाली, लगानीकर्ताको कन्फिडेन्स उच्च

सेयरबजारमा आज उच्च अङ्कको वृद्धि भएको छ । अघिल्लो बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि लगातार तीन दिनसम्म बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो । पुनको नियुक्ति पछि सेयरबजारका लगानीकर्तामा उच्च कन्फिडेन्स देखिएको छ ।

आइतबार २२.१० अङ्कले बढेको सेयरबजार आज पनि ५८.५८ अङ्कले बढेर २१११.२४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा विन लघुवित्त, उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, जनउत्थान लघुवित्त र जाल्पा लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मोलुङ, न्यादी, चिरख्वा हाइड्रो, हाथवे, बुद्धभुमि हाइड्रो र बिएनएल रहे । ती कम्पनीको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक ५.५४ प्रतिशतले बढ्दा लघुवित्त समूहको उपसूचक ५.०५ र होटल तथा पर्यटन समूहको उपसूचक ३.९३ प्रतिशतले बढ्यो । आज कुनै पनि उपसूचक घटेनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको