Like us!
Follow us!
Connect us!
Watch us!

लगातारको वृद्धि पछि सेयरबजारमा सामान्य करेक्सन

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, १५ : २० मा प्रकाशित

लगातारको वृद्धि पछि सेयरबजारमा सामान्य करेक्सन

लगातारको वृद्धि पछि सेयरबजारमा बुधबार झिनो अङ्कको गिरावट आएको छ । अघिल्लो बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि लगातार चार दिनसम्म बढेको सेयरबजारले आज भने वृद्धिलाई ब्रेक दिएको हो ।

मङ्गलबार ५८.५८ अङ्कले बढेको सेयरबजार आज भने २.४८ अङ्कले घटेर २१०८.७२ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ५५ करोड १६ लाख २३ हजार ३ सय ३२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब २४ करोड ८५ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि सामान्य गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा विन लघुवित्त, उन्नति सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा अप्पर तामाकोशी, दोर्दी र बलेफी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक २.३२ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचक ०.४६ र लघुवित्त समूहको उपसूचक ०.४४ प्रतिशतले बढ्यो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.१४ प्रतिशतले घट्दा जलविद्युत समूहको उपसूचक १.०९ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको