Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

अर्थ संसार

आइतबार, ०४ चैत्र २०८०, १५ : २४ मा प्रकाशित

आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

सेयरबजारमा आइतबार दोहोरो अङ्कको गिरावट आएको छ । अर्थमन्त्री नियुक्ति पछि केही समय बढेको सेयरबजारमा त्यसपछि गत तीन दिनसम्म लगातार गिरावट आएको छ ।

गत बिहीबार २७.८४ अङ्कले घटेको सेयरबजार आज थप १०.६२ अङ्कले घटेर २०७०.२५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि सामान्य गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सप्तकोशी विकास बैंक, गुराँस लघुवित्त र मानुषी लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा विन लघुवित्त र किसान लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज विकास बैंक समूहको उपसूचक सर्वाधिक ०.८२ प्रतिशतले बढ्दा वित्त समूहको उपसूचक ०.६२ र उत्पादन समूहको उपसूचक ०.२९ प्रतिशतले बढ्यो । यसैगरी आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.५६ प्रतिशतले घट्दा जलविद्युत समूहको उपसूचक १.१६ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको