Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार अन्तिम १० कित्ताले ८० रुपैयाँ घटेको गोर्खाज फाइनान्स, आइतबार उफ्रियो

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०७ : ३९ मा प्रकाशित

बिहीबार अन्तिम १० कित्ताले ८० रुपैयाँ घटेको गोर्खाज फाइनान्स, आइतबार उफ्रियो

बिहीबार अन्तिम समयमा १० कित्ता कारोबारले एकैचोटी ८० रुपैयाँ गिरावट बेहोरेको गोर्खाज फाइनान्सको सेयर आइतबार भने बढेको छ ।

आइतबार उक्त कम्पनीको सेयर ३५ रुपैयाँले वृद्धि भएर ७८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार उक्त कम्पनीको सेयरभाउ बढेर ८३० रुपैयाँसम्म पुगेकोमा अन्तिम समयमा १० कित्ता कारोबार एमकेटी अप्सन प्रयोग गरि बिक्री हुँदा सिधै ७५० रुपैयाँमा झरेको थियो । सप्लाई साइडमा रहेको सबै कित्ता सेयर उठाएर ८३० रुपैयाँसम्म पुर्याइएकोमा १० कित्ता अन्तिम समयमा न्यून मूल्यमा बेचिएको थियो ।

सो घटनापछि लगानीकर्ताकोतर्फबाट सरिश्मा थापाले उक्त कार्य गर्ने लगानीकर्तालाई कारवाही गरिपाउँ भन्दै अर्थ मन्त्रालय र धितोपत्र बोर्डमा समेत निवेदन दिएकी थिइन् । 

सेयर बजारमा गोर्खाज फाइनान्सको सेयर तीव्र चलखेल हुने सेयरकै रुपमा परिचित रहँदै आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको