Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अङ्कले बढ्यो सेयरबजार, कारोबार भने घट्यो

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, १५ : ०८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो सेयरबजार, कारोबार भने घट्यो

सेयरबजारमा सोमबार झिनो अङ्कको वृद्धि भएको छ । लगातार तीन दिन घटेको सेयरबजारमा आज भने सामान्य सुधार आएको छ ।

आइतबार १०.६२ अङ्कले घटेको सेयरबजार आज ३.२७ अङ्कले बढेर २०७३.५३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सप्तकोशी विकास बैंक, धौलागिरी लघुवित्त, पिपुल्स पावर, गोर्खाज फाइनान्स र पिपुल्स हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मानुषी लघुवित्त रह्यो । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज विकास बैंक समूहको उपसूचक सर्वाधिक १.३ प्रतिशतले बढ्दा वित्त समूहको उपसूचक १.०८ र होटल तथा पर्यटन समूहको उपसूचक ०.९१ प्रतिशतले बढ्यो ।
यसैगरी आज उत्पादन उपसूचक सर्वाधिक ०.८२ प्रतिशतले घट्दा लगानी समूहको उपसूचक ०.४६ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको