Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट, पहिलो दिनमै बन्यो सबैभन्दा महङ्गो सिमेन्ट कम्पनी

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, ११ : १५ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट, पहिलो दिनमै बन्यो सबैभन्दा महङ्गो सिमेन्ट कम्पनी

मङ्गलबार पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको सेयरभाउमा सकारात्मक सर्किट लागेको छ ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ बढेर ६११.७ रुपैयाँ पुग्दै सकारात्मक सर्कीट लागेको हो । उक्त सेयरमा अहिले उच्च माग रहेको छ भने हालसम्म कुल ४०० कित्ता सेयरको कारोबार भएको छ । कम्पनीको सेयर SARBTM संकेतबाट दोस्रो बजारमा कारोबार हुँदैछ ।

सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ ।

घोराही सिमेन्ट प्रति कित्ता ५६९, सोनापुर सिमेन्ट ५३० र शिवम् सिमेन्ट ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको