Like us!
Follow us!
Connect us!
Watch us!

लगातार तेस्रो दिन पनि घट्यो सेयरबजार, कारोबार भने बढ्यो

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १५ : ०९ मा प्रकाशित

लगातार तेस्रो दिन पनि घट्यो सेयरबजार, कारोबार भने बढ्यो

सेयरबजारमा बिहीबार दोहोरो अङ्कको गिरावट भएको छ । अघिल्ला दुई दिन पनि घटेको सेयरबजार आज थप ओरालो लागेको हो ।

बुधबार ३.३४ अङ्कले घटेकोको सेयरबजार आज थप १५.३७ अङ्कले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, धौलागिरी लघुवित्त, कर्णाली विकास बैंक र किसान लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा बिएनएल र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ट्रेडिङ समूहको उपसूचक मात्रै ०.६५ प्रतिशतले बढ्यो । यसैगरी आज लघुवित्त उपसूचक सर्वाधिक १.३२ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूहको उपसूचक १.०२ प्रतिशतले घट्यो ।

आज लघुवित्त समूहको उपसूचक सर्वाधिक २.५१ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहको उपसूचक ०.७५ र ट्रेडिङ समूहको उपसूचक ०.०८ प्रतिशतले बढ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको