Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १६ : ५० मा प्रकाशित

घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि घोराही सिमेन्टले दिएको १५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप ५९ लाख ५७ हजार ८५१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार ७०० रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ५३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको