Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १० : ३६ मा प्रकाशित

सिंगटी हाइड्रोको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने

सिंगटी हाइड्रोको अवितरित हकप्रद सेयर बोलकबोल बढाबढमार्फत आजदेखि बिक्री हुने भएको छ ।

कम्पनीद्वारा जारी सूचना अनुसार आज चैत्र १२ गतेदेखि चैत्र २० गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले १:१ अनुपातमा फागुन २ गतेदेखी २२ गतेसम्म कुल एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । त्यसबाहेक बाकिँ ४६ लाख ११ हजार ५ सय ३९ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री हुन लागेको हो ।

कति दिने आवेदन ?
न्यूनतम - १०० कित्ता
अधिकतम - सबै

कहिले सम्म दिने आवेदन ?
चैत्र १२ गतेदेखी चैत्र २० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रति कित्ता कति पर्छ ?
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

को हो बिक्री प्रबन्धक ?
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको