Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टमा लगातार चौथो सकारात्मक सर्किट, आइपिओ पर्नेले कति कमाए नाफा ?

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, ११ : ४७ मा प्रकाशित

सर्वोत्तम सिमेन्टमा लगातार चौथो सकारात्मक सर्किट, आइपिओ पर्नेले कति कमाए नाफा ?

अघिल्लो मङ्गलबार कारोबार खुलेको सर्वोत्तम सिमेन्टको सेयरभाउमा सोमबार चौथो सकारात्मक सर्किट लागेको छ ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९ हुँदै चौथो दिन ८१३.८ रुपैयाँ पुगेर चौथो सकारात्मक सर्कीट लागेको हो । उक्त सेयरमा अहिले पनि अत्यधिक माग रहेको छ भने सप्लाई निकै न्यून रहेको छ । न्यूनतम ५० कित्ता परेको उक्त कम्पनीको आइपिओ भएका लगानीकर्ताले हालसम्म साढे २२ हजार भन्दा बढी नाफा कमाइसकेका छन् ।

सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको