Like us!
Follow us!
Connect us!
Watch us!

आज करिब साढे २ अर्बको कारोबार हुँदा कुन सेक्टरमा आयो सर्वाधिक टर्नओभर ?

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १५ : ५० मा प्रकाशित

आज करिब साढे २ अर्बको कारोबार हुँदा कुन सेक्टरमा आयो सर्वाधिक टर्नओभर ?

सोमबार करिब साढे २ अर्बको कारोबार हुँदा हाइड्रोपावर सेक्टरमा सर्वाधिक टर्नओभर देखिएको छ ।

आज हाइड्रोपावर सेक्टरमा कुल कारोबारको २२.१८ प्रतिशत अर्थात ५५ करोड २० लाख ५९ हजार २२० रुपैयाँको कारोबार भएको छ । यसैगरी फाइनान्स सेक्टरमा दोस्रो सर्वाधिक, उत्पादन तथा प्रशोधनमा तेस्रो तथा लघुवित्त सेक्टरमा चौथो सर्वाधिक कारोबार भएको हो । ती सेक्टरमा कुल कारोबारको क्रमश: १६.१९, १४.५० र १४.२९ प्रतिशत टर्नओभर देखिएको छ ।

सोमबार कारोबारका हिसाबले कर्पोरेट डिबेन्चरको सबैभन्दा कम अर्थात ०.०७ प्रतिशत तथा सामूहिक लगानी कोषको दोस्रो सबैभन्दा कम अर्थात ०.४३ प्रतिशत मात्रै कारोबार भएको छ । सेयरका हिसाबले पनि सबैभन्दा धेरै कित्ता कारोबार हाइड्रोपावर कम्पनीकै भयो । आज हाइड्रोपावर कम्पनीहरुको १८ लाख ९५ हजार दुई सय ४६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको