Like us!
Follow us!
Connect us!
Watch us!

अक्टोबरमा कारोबार न्यून बन्ने गत तीन वर्ष देखिकै ट्रेन्ड

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १५ : ५९ मा प्रकाशित

अक्टोबरमा कारोबार न्यून बन्ने गत तीन वर्ष देखिकै ट्रेन्ड

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको अफसिजनका रुपमा अक्टोबर महिना स्थापित हुँदै गरेको विगत तीन वर्षको ट्रेन्डले देखाएको छ ।

चाडबाडको मौसम पर्ने अक्टोबरमा विगत तीन वर्ष नै वर्षको न्यूनतम कारोबार भएको तथ्यांकले देखाउँछ । सन् २०२१ को अक्टोबर १७ मा त्यस वर्षकै न्यूनतम कारोबार १.४९ अर्ब भएको थियो भने सन् २०२२ को अक्टोबर २० मा त्यस वर्षकै न्यूनतम कारोबार ५०.७६ करोड भएको थियो । २०२० मा बुलको शुरुआत हुनु अघि पनि बजारले अक्टोबरमै अन्तिम चार महिनाको न्यून कारोबारको रेकर्ड राखेको थियो । यस पटक पनि यो वर्षको हालसम्मको न्यूनतम कारोबार अक्टोबर ३१ मा ५७.१ करोडको भएको छ । यो वर्ष सकिन अझै समय बाकिँ रहेको हुँदा आजको कारोबारलाई न्यून मान्न त सकिँदैन तर हालसम्मको भने न्यूनतम कारोबार आजकै हो ।

फेस्टिभ मुडमा लगानीकर्ता रहँदा बोनसको सिजनका बाबजुद बजारमा कारोबार घट्ने ट्रेन्ड देखिएको छ । कारोबार सँगसँगै अक्टोबरमा बजारले न्यूनतम विन्दु पनि रिटेस्ट गर्ने गरेको पनि ट्रेन्डले देखाएको छ भने नोभेम्बरदेखि बजारले गति लिन थालेको अघिल्ला वर्षको ट्रेन्डले देखाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको