Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार भोल्युम दुई अर्ब नाघ्दा उच्च कारोबार हुने कम्पनीमा सोनापुर सिमेन्ट, यी हुन् टप फाइभ कम्पनी

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १५ : ४९ मा प्रकाशित

आइतबार भोल्युम दुई अर्ब नाघ्दा उच्च कारोबार हुने कम्पनीमा सोनापुर सिमेन्ट, यी हुन् टप फाइभ कम्पनी

आइतबार सेयरबजारमा निकै लामो समयपछि दुई अर्ब माथिको कारोबार भयो । यस अघि असोज ९ गते दुई अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

कार्तिक १२ पछि नेप्से इन्डेक्सले पनि १९०० अङ्कको विन्दु पहिलोपटक पार गर्यो । आइतबार बढ्दो बजारमा सबैभन्दा उच्च कारोबार हुने कम्पनीमा सोनापुर सिमेन्ट रह्यो । उक्त कम्पनीको चार लाख दुई हजार एक सय २१ कित्ता सेयर कारोबार हुँदा कारोबार भोल्युम कुल ११ करोड ६६ लाख ६७ हजार दुई सय ७० रुपैयाँ रह्यो । दोस्रो उच्च कारोबार हुने कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रह्यो । उक्त कम्पनीको एक लाख ६५ हजार ४२ कित्ता सेयर कारोबार हुँदा कारोबार भोल्युम कुल ७ करोड ५६ लाख ९४ हजार पाँच सय १२ रुपैयाँ रह्यो ।

तेस्रो उच्च कारोबार हुने कम्पनीमा नबिल बैंक रह्यो । उक्त कम्पनीको एक लाख ४३ हजार नौ सय ११ कित्ता सेयर कारोबार हुँदा कारोबार भोल्युम कुल ७ करोड ३७ लाख १२ हजार दुई सय ८० रुपैयाँँ रह्यो । यसैगरी चौथो स्थानको सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ३४ लाख ८६ हजार तीन सय ६ रुपैयाँँ र पाँचौ स्थानको आएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९८ लाख ८३ हजार पाँच सय २४ रुपैयाँँ बराबरको कारोबार भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको