Like us!
Follow us!
Connect us!
Watch us!

अध्यागमन विभागलाई गृहमन्त्रीको निर्देशनः यात्रुलाई दुःख दिने काम तत्काल बन्द गर्नुस्

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १४ : ३० मा प्रकाशित

अध्यागमन विभागलाई गृहमन्त्रीको निर्देशनः यात्रुलाई दुःख दिने काम तत्काल बन्द गर्नुस्

उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागलाई विमानस्थलमा यात्रुलाई सहज सेवा दिन निर्देशन दिएका छन् ।
 
मंगलबार कालिकास्थानस्थित विभागको कार्यलय विभागका सबै कर्मचारीलाई एकै स्थानमा राखेर मन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्तिमा तत्काल सुधार गनुस् विभागलाई निर्देशन दिएका हुन् । 

केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको भन्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नु पर्ने बताए ।

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने उनले बताए । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको भए पनि प्रयास जारी राख्ने बताए । दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्न उनले आग्रह गरे ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको