चिरख्वा हाइड्रोपावर लिमिटेडले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै म्युचुअल फन्डलाई छुट्ट्याएको ४० हजार कित्ता सेयरको लकइन समय वैशाख १५ गते सकिने जनाएको हो । कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो । २०८० सालको कार्तिक १६ गते यस हाइड्रोको साधारण सेयर बाँडफाँड सम्पन्न भएको थियो ।
मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस