Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन बोर्ड सदस्यका लागि पाँचजनाको नाम अन्तिम छनोटका लागि सिफारिस

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, ११ : ४६ मा प्रकाशित

पर्यटन बोर्ड सदस्यका लागि पाँचजनाको नाम अन्तिम छनोटका लागि सिफारिस

नेपाल पर्यटन बोर्ड (एनटीबी) को तीन जना रिक्त बोर्ड सदस्यका लागि पाँचजनाको नाम अन्तिम छनोटका लागि सिफारिस भएको छ । 

पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार पाँच जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । 

समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह,अम्बर जंग गुरु, राजेन्द बहादुर लामा,ऋषि भण्डारी र राम प्रसाद सापकोटालाई अन्तिम ५ मा छनोट गरेको छ। 
२०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त भएपछी  बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरूले आवेदन दिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको