Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वडीआईजी खरेलले दिए रास्वपाबाट राजीनामा

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १६ : १३ मा प्रकाशित

पूर्वडीआईजी खरेलले दिए रास्वपाबाट राजीनामा

पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । 

पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेपछि उनले जवाफको सट्टा बुधबार राजीनामा नै पठाएका हुन् । 

गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए ।

खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बाराको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए । 

केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरेपछि उनी पार्टीमा निष्क्रियजस्तै बसेका हुन् । तर सभापतिको आलोचना भएपछि उनलाई अनुशासन समितिले सोधको स्पष्टीकरणको जवाफ नदिइ राजीनामा दिएका हुन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको