Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले सीईओको लागि खुलायो विज्ञापन,के के चाहिन्छ योग्यता ?

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, ११ : ३९ मा प्रकाशित

निफ्राले सीईओको लागि खुलायो विज्ञापन,के के चाहिन्छ योग्यता ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आव्हान गरेको छ ।

माघ पहिलो साता तत्कालीन सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएपछी निफ्राले सीइओ पदका लागि दरखास्त आव्हान गरेको हो । 

बैंकले बिहिबार सार्वजनिक सूचना निकालेर सीईओ पदका लागि विज्ञापन खुलाएको हो । इच्छुक योग्यता पुग्ने नेपाली नागरिकले चैत २९  गते ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन अथवा कानुनमा मास्टर्स डिग्री गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अधिकृत तहमा काम गरेको वा बैंकिङ अथवा फाइनान्स सेक्टर, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ ।  चार्टर अकाउन्टेन्सी (सीए) अथवा ब्याचलर डिग्री व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स,तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा गरेको हुनुपर्छ ।

ठूला पूर्वाधारमा लगानी गर्ने उदेश्यका साथ बैकको स्थापना भएको हो  । सरकारले नीतिगतमा रुपमा सहयोग नगरेपछि  प्रभावकारी रुपमा बैंकले उपस्थिति देखाउन सकेको छैन ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको