Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको एजीएम पुस ४ गते ,सेयरधनीको हात खाली

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १३ : १२ मा प्रकाशित

निफ्राको एजीएम पुस ४ गते ,सेयरधनीको हात खाली

नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले छैटौं वार्षिक साधारणसभा पुस ४ गते बिहिबार बोलाएको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहल हाइटस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । तसर्थ, यो पटक सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 

सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ। साथै बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्नेछ। यसर्थ मंसिर २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन्। बैंकले अघिल्लो आवमा सेयरधनीहरूलाई ४.२१०५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको