Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, ०९ : २० मा प्रकाशित

निफ्राको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर  हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछ्न्। सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको