Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा ‘नगरकी छोरी’ कार्यक्रम

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १३ : २७ मा प्रकाशित

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा ‘नगरकी छोरी’ कार्यक्रम

प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम शुभारम्भ गरेको छ ।

बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंक लि. का तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी” कार्यक्रमको शुभारम्भ गरिएको हो ।

“नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० आषाढ १ गते पश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंक लि. को शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट एकमुष्ट पाँच हजार रुपैयाँ जम्मा गरिनेछ भने प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति / छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको हो ।

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्धारा आजबाट शुभारम्भ गरिएको “नगरकी छोरी” कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको